मुख्य समाचार, राजनीति, समाचार, सुदुरपश्चिम प्रदेश
नेपाली काङ्ग्रेस दोस्रो गाउँ सम्मेलन हिमालीमा


बाजुरा , फागुन १५ । नेपाली काङ्ग्रेस दोस्रो गाउँ सम्मेलन हिमाली गाउँकार्य समिति धुलाचौरमा गरिएको छ । नेपाली काङ्ग्रेस हिमाली गाउँकार्य समितिको आयोजनामा वि.पि. स्मृति भवन धुलाचौरमा भव्य गरिएको छ । नेपाली काङ्ग्रेस केन्द्रिय तथा जिल्लाको निर्देशन अनुसार वडामा १ सय दिने अभियान हिमाली गाउँपालिका सातै वडामा सम्पन्न गरिसकेपछि नेपाली काङ्ग्रेस गाउँ कार्यसमिति आयोजना नेपाली काङ्ग्रेस दोस्रो गाउँ सम्मेलन गरिएको नेपाली काङ्ग्रेस बाजुरा जिल्ला कार्यसमिति कोषाध्यक्ष भिमानन्द पाण्डेले बताउनुभयो ।
नेपाली काङ्ग्रेस नेतृत्व हिमाली गाउँपालिका सरकारले गाउँपालिका विकास निकास अतुलनीय काम गरिएको छ । शिक्षा, स्वास्थ्य, विद्युत, सडक र संचार पहुँचमा ल्याएको छ । अब काङ्ग्रेस हिमालीमा धेरै विकास गर्यौं भनेर प्रचार गर्नुपर्ने अवस्था छैनन् । किन भने हिमाली २०७४ भन्दा पहिला कस्तो थियोे अहिले दुर्गम विकट ठाउँको विकास मुहार फेरिएको प्रत्यक्ष देख्न सकिन्छ । त्यसैले नेपाली काङ्ग्रेस पाटीमा रहि रहनु जरुरी रहेकोे नेपाली काङ्ग्रेस महासमिति सदस्य गोबिन्द बहादुर मल्लले बताउनुभयो ।
नेपाली काङ्ग्रेस पाटी एक महिना अगाडि क्रियाशीलता नयाँ दिने पुरानो नवीकरण गर्ने काम गरिएको छ । नेपाली काङ्ग्रेसको विशेषगरी सय दिने अभियान कार्यक्रम वडा सकिए लगत्तै पालिकामा नेपाली काङ्ग्रेस दोस्रो गाउँ सम्मेलन हिमाली गाउँपालिका गरिएको छ । पाटी सुदृढीकरण संगै जुन नेपाली काङ्ग्रेस आउदो चुनावमा कसरी अगाडि बढ्ने जस्ता कुरामा छलफल कार्यक्रम गरेको छ । अहिले नेपाली काङ्ग्रेस भिजनमा हिड्ने भएको छ । काङ्ग्रेस सय दिने अभियान कार्यक्रममा वडा टोलका पाटीको कमीकमजोरी संगै सुधार गर्नुपर्ने दुबै राम्रो नराम्रो पक्षलाई औल्याउँदै जिल्लामा प्रतिवेदन बुझाउनुपर्ने अवस्था छ । नेपाली काङ्ग्रेस पाटी संगठन बलियो बनाउन गाउँ वडा पालिका जिल्ला प्रदेश र केन्द्र सम्मका नेतृत्व गर्ने नेताकार्यकर्ता विशेष भुमिका रहेकोे नेपाली काङ्ग्रेस सुदुरपश्चिम प्रदेश कार्यसमिति सदस्य तथा प्रचारप्रसार विभाग प्रमुख धनराज पण्डितले बताउनुभयो ।
बाजुरा जिल्लाकै बढी नेपाली काङ्ग्रेसको बाहुल्यता भएको हिमाली गाउँपालिका चिनिन्छ । किन भने बाजुरा केन्द्र सम्म नेतृत्वमा पुग्न सफल गराउन उर्वरता ठाउँ पनि मानिन्छ । हाम्रो नेपाली काङ्ग्रेसको लडाइ प्रतिपक्ष संग होइन किन हाम्रो लडाइँ विकट गाउँ ठाउँको विकास निकास युवा रोजगार मुलक बनाउन संगै यहाँका पिछडिएको ठाउँमा माथी उठाउन हाम्रो कदम रहेकोे छ । जहाँ मिसन संग नलागेर भिजन बोकेर गाउँ बस्तीमा जाने हाम्रो पाटी नेपाली काङ्ग्रेस हो । अब आउँदा ८४ मा बाजुराका सबै स्थानीय तहमा नेपाली काङ्ग्रेस सरकार ल्याउने भुमिकामा लागेको नेपाली काङ्ग्रेस बाजुराका पुर्व सभापति कविराज पाण्डेले बताउनुभयो ।
नेपाली काङ्ग्रेस हिमाली गाउँकार्य समिति सभापति अमलाल कार्की सभा अध्यक्षमा कार्यक्रम सञ्चालन गरिएको छ । प्रमुख अतिथि नेपाली काङ्ग्रेस बाजुराका पुर्व सभापति कविराज पाण्डे बिशिस्ट अतिथि नेपाली काङ्ग्रेस सुदुरपश्चिम प्रदेश कार्यसमिति सदस्य तथा प्रचारप्रसार विभाग प्रमुख धनराज पण्डित, चक्र शाह अतिथि नेपाली काङ्ग्रेस महासमिति सदस्य गोबिन्द बहादुर मल्ल, जिल्ला कार्यसमिति कोषाध्यक्ष भिमानन्द पाण्डे सहित जिल्ला कार्यसमिति सदस्य, क्षेत्रीय प्रदेश ( क) कार्यसमिति गाउँ कार्यसमिति सदस्य र वडा टोल कार्यसमिति नेताकार्यकर्ता बाक्लो उपस्तिथिमा नेपाली काङ्ग्रेस दोस्रो गाउँ सम्मेलन गरिएको नेपाली काङ्ग्रेस हिमाली गाउँ कार्यसमिति सभापति अमलाल कार्कीले बताउनुभयो । कार्यक्रम सञ्चालक गाउँ कार्यसमिति उपसभापति तिर्थ मल्लले गर्नु भएको छ । विना स्वार्थमा नेकपा एमाले पाटी परित्याग गरि युवा नेता बिरेन्द्र मल्ल, अजुद्र मल्ल, चन्दजङ् मल्ल, माया मल्ल, धर्म बहादुर मल्ल, गोकुल मल्ल, प्रेमलाल भण्डारी सहित १५ घरपरिवार नेपाली काङ्ग्रेस पाटी प्रवेश गरिएको छ ।























