मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

सीप विकास तालिम हिमालीमा समापन

उमेश रोकाया
२०८१ फाल्गुन १५ | मध्यान्ह १२:११ बजे

बाजुरा , फागुन १५ । बाजुरा जिल्लाको पुर्वी क्षेत्रमा पर्ने हिमाली गाउँपालिका हाते डोजियारी, पलम्बर र पेन्टिङ तालिमको समापन गरिएको छ । “सीप सिकौं रोजगार बनौं” भन्ने अभियानका साथ उपाध्यक्ष संग महिला बालबालिका तथा दलित लक्षित सीप तथा क्षमता अभिवृद्धि कार्यक्रम प्राविधिक सीप विकास अन्तर्गत हाते डोजियार १० जनाले १५ दिनको तालीम लगेका छन ।

उहाँले बताउनुभयो , “गरिबी निवारणका लागि लघु उधम विकास कार्यक्रम मेडपाको प्राविधिक सीप विकास अन्तर्गत पलम्बर र पेन्टिङ तालिम १०/१० जना १५ दिनको तालिम फागुन ०२ गतेदेखि सञ्चालन गरिएको तालिम आज समापन गरिएको हिमाली गाउँपालिका प्रवक्ता भिमानन्द पाण्डेले बताउनुभयो ।” भेरी राप्ती प्राविधिक शिक्षालय बिरेन्द्रनगर सुर्खेत प्राविधिक सहयोग हिमाली गाउँपालिका आयोजनामा आई.एन.एफ. नेपाल संस्थाको सहजीकरण तालिम सञ्चालन गरेर सम्पन्न गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले बताउनुभयो ।

उहाँले बताउनुभयो , “गाउँपालिका विभिन्न खालका तालिम दियौं , त्यसको सदुपयोग भएको छैनन् । अब जुन सीप सिक्नु भएको तालीम सहि सदुपयोग गरियो रोजगार मुलक हुने भएको छ ।” गाउँ घरमा बसेर पलम्बर , पेन्टिङ काम गरि भने मात्र आफ्नो आय आर्जन बढ्ने भएको हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताउनुभयो ।IMG 20250227 WA0012 1

हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लको अध्यक्षता तालिम समापन गरिएको छ । अतिथि निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारी, प्रवक्ता भिमानन्द पाण्डे, कार्यक्रम फोकल प्रसन विर्ख पाण्डे, भेरी राप्ती प्राविधिक शिक्षालय प्रमुख पारश शाही प्रशिक्षक सहित तालिम सहभागिता तालिम समापन भेरी राप्ती प्राविधिक शिक्षालय प्रमुख पारश शाहीले बताउनुभयो ।

कमेन्टहरु