कृषि, मुख्य समाचार, शिक्षा, समाचार, सुदुरपश्चिम प्रदेश
सिद्धेश्वरीका विद्यार्थी पढ्दै, सिक्दै


बाजुरा, फागुन १५ । जिल्लाको पुर्वी क्षेत्रमा रहेकोे बुढिनन्दा नगरपालिका- ९ मा रहेकोे सिद्धेश्वरी अनाथ विपन्न तथा जनजातीय आवासीय आधारभुत विद्यालयमा विद्यार्थीहरु पढ्दै, सिक्दै गरेका छन । कक्षा कोठामा पाइने किताबी ज्ञानमा मात्रै सीमित छैनन्, किताबमा अध्ययन गरेको कुरालाई दैनिक व्यवहारमा उतार्छन् । ‘कक्षा–कोठामा सैद्धान्तिक ज्ञान दिन्छौं , शुक्रबार अतिरिक्त क्रियाकलापको समय त्यसलाई व्यवहारमा प्रयोग गर्ने गरेका छन । ‘यसरी पढेको कुरालाई व्यवहारमा लागू गर्न सहज हुने, विधालयका विद्यार्थीलाई फाइदा हुने भएको छ ।’
विद्यालयले अध्ययन गरिरहेका विद्यार्थीहरूलाई स्कुलको जमिन करेसाबारी बनाएर बेर्ना लगाएका छन । त्यही जमिनमा विद्यार्थीहरू पढेको कुरालाई व्यवहारमा लागू गर्छन्, उत्पादन गरेर आफैलाई खानाको मद्दत पुग्ने भएको छ । विद्यालय क्षेत्र भित्रको जमिनमा लसुन, आलु, टमाटर, बन्दा, काउली, जुकेनी र फर्सी तरकारीको बेर्ना लगाएका छन् । ‘दिनमा कक्षा–कोठामा किताबी ज्ञान लिन्छौं, शुक्रबार कार्यक्रमको समयमा त्यसलाई व्यवहारमा प्रयोग गर्छौ,’ कक्षा ३ कि झरना थापाले भनिन्, ‘हामी पढ्दै, सिक्दै गरिरहेका छौं ।’
विद्यालयको स्वामित्वमा जमिनमा त्यही जमिनको केही क्षेत्रफलमा विद्यालय आफैंले एकीकृत अर्गानिक कृषि नमुना फार्म सञ्चालन गरिहेको छ । विद्यालयले विद्यार्थीलाई किताबी ज्ञानसँगै कृषि व्यावहारिक ज्ञान पनि सिकाउँछ । ‘विधालयलाई ताजा अर्गानिक तरकारी बनाउने लक्ष्यलाई साकार पार्न विद्यार्थीलाई अर्गानिक खेती सम्बन्धी व्यावहारिक ज्ञान दिने गरेका प्रधानाध्यापक तुलबहादुर रावतले बताउनुभयो ।
विद्यालयमा अध्ययनरत विद्यार्थीको समूह बनाएको छ । समूहका विद्यार्थीलाई करेसाबारी गर्न लागि विधालयको क्षेत्र भित्र रहेको जमिन प्रशस्त छ । सिजनमा विद्यार्थीले स्थानीय संगै आधुनिक प्रविधिबाट लसुन, आलु, टमाटर, बन्दा, काउली, जुकेनी र फर्सी तरकारीको बेर्ना लगायौ,’ थापाले भनिन्, ‘यो वर्ष धेरै करेसा वारिमा मौसमी तथा बेमौसमी तरकारी खेती गरेकाले विधालय छात्रावासलाई हरियो साग लगायत अर्गानिक तरकारी उत्पादनको अपेक्षा गरेका छौं ।’ सिद्देश्वरी अनात विपन्न तथा जनजाति आवासीय आधारभुत विद्यालयले सुरु गरेको एकीकृत अर्गानिक तरकारीको बेर्ना लगाएर कृषि फर्म नमुना गर्ने कार्यक्रम रहेको छ ।’
सिद्देश्वरी अनात विपन्न तथा जनजाति आवासीय आधारभुत विद्यालय आवासमा रहेका ६६ बालबालिका र ५ जना शिक्षक कर्मचारीलाई तरकारी खाना पुग्ने हिसाबले करेसाबारीमा बेर्ना लगाएको छ । सिक्दै, पढ्दै करेसाबारी धारणा बनाउने तरीका ड्याङ बनाउने तरीका रोप्ने सिजन र प्राङ्गारीक र युरिया मलको फाईदा लगायत ज्ञान विद्यार्थीहरुले सिकेका छन । विधालयमा विद्यार्थीहरुलाई ताजा तरकारी उपभाेग गर्न पाउने भएका छन । शिक्षक र विद्यार्थीहरुको श्रम गरेर तरकारी उत्पादन गर्न शुक्रबार कार्यक्रममा करेसा बारी बनाएर बेर्ना लगाएको प्रधानाध्यापक रावतले बताउनुभयो ।























