देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्दा हामी घायल भएका छौँ’ : जसपा अध्यक्ष महन्थ ठाकुर


काठमाडौं । जसपाका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बताएका छन् । संसदमा आफ्नो धारणा राख्दै ठाकुर ले जबजब प्रधानमन्त्री बन्छ, आफूहरूको आन्दोलन कमजोर हुने गरेको धारणा राखे ।
ठाकुरले भने, ‘शेरबहादुर देउवालाई मत दिएर आफूलाई घायल बनाएका छौँ ।’ ‘प्रधानमन्त्री देउवा परमादेशले प्रधानमन्त्री बनेका हुन्, जनादेशले होइनन्’ भन्दै उनले संविधानको जति गुणगान गाए पनि मधेसी जनताले गोली खाएको र कतिपय साथै जेलमा रहेको धारणा व्यक्त गरे।
उनले वर्तमान प्रधानमन्त्री देउवाले चिठी पठाएर मत मागेको तर यो संविधानले उत्पीडित समुदायका लागि के गरेको भन्दै प्रश्न गरे । उनले पूर्व प्रधानमन्त्री केपि ओलीलाई धन्यवाद दिँदै आफूहरूको केही माग पुरा गरेको बताए ।
सर्वोच्च अदालतको सम्मान गर्छौ तर नागरिकता दिने अधिकार राज्यको हो तर राष्ट्रियताको निर्धारण न राज्यले गर्न सक्छ न अदालतले गर्छ, ठाकुरले भने, नागरिकता नभए राज्यबाट कुनै सुविधा पाउँदैन, नागरिकता नभए लिगल पर्सनालिटी पाउँदैन ।’























