मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

विद्यालय भान्सा घर अध्यक्ष मल्लद्वारा शिलान्यास

उमेश रोकाया
२०८१ फाल्गुन १३ | मध्यान्ह ०६:११ बजे

बाजुरा , फागुन १३ । जिल्लाको पुर्वी क्षेत्रमा पर्ने हिमाली गाउँपालिका – ४ फैती शैलेश्वरी माध्यमिक विद्यालय दिवा खाजाका लागि भान्सा घर निर्माण शिलान्यास गरिएको छ । हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल र आइ.डि.एस. नेपालका कार्यकारी निर्देशक प्रकाश कोइरालाद्वारा भान्सा घर शिलान्यास गरेका छन । विगत देखि दिवा खाजा खुवाउने गरेपनि पकाउने व्यवस्था नहुदा समस्या थियोे । अब भवन निर्माणकार्य सुरु हुँदा जुन पहिला समस्या हट्ने भएको हिमाली गाउँपालिका प्रवक्ता भिमानन्द पाण्डेले बताउनुभयो ।IMG 20250225 151323 592 scaled

उहाँले बताउनुभयो , “हिमाली गाउँपालिकामा आई.डि.एस. नेपाल संस्थाले थुप्रै काम गरेको छ । अहिले विद्यालय नयाँ काम भनेको कोसेली रूपमा पालिका सबै सामुदायिक विद्यालयमा भान्सा घर निर्माण गर्नका लागि शिलान्यास गरिएको छ । विद्यालयमा दिवा खाजा भनेको छ, त्यसको व्यवस्थापन गर्नका लागि भान्सा कोठा बनाउनका लागि खाजा पकाउने र पकाएको खुवाउनका निम्ति भान्सा घर निर्माणकार्य सुरु गरिएको छ ।” थप आवश्यक पर्ने कुनै समस्याहरु हामी पहल गर्ने कुरामा लागि पर्ने आई.डि.एस. नेपाल कार्यकारी निर्देशक प्रकाश कोइरालाले बताउनुभयो ।IMG 20250225 151042 722 scaled

उहाँले बताउनुभयो, “लामो प्रयास पछि हाम्रा विद्यालयमा भान्सा घर बनाउने काम जिल्ला भरीका स्थानीय तह मध्य पहिलो पालिका भएको छ । आई.डि.एस. नेपाल पहिला दुइटा नमुनाका रूपमा दिवा खाजा भवन निर्माण गर्ने प्रस्ताव थियोे । पछि पुनः संस्थालाई समन्वय गरेर अहिले बल्लबल्ल गाउँपालिका २२ वटा विद्यालयमा हिमाली गाउँपालिका प्रधानमन्त्री रोजगार कार्यक्रम र आई.डि.एस. नेपाल साझेदारी सामुदायिक विद्यालयमा भान्सा घर निर्माणकार्य थालनी गरेका छौँ ।” अहिले सहयोग गर्ने आई.डि.एस. नेपाल संस्थालाई धन्यवाद दिएका छन । जुन विद्यालयमा दिवा खाजा पकाउने घरको समस्या भएको थियोे, त्यो समस्याको समाधान हुने भएको छ । अब विद्यालयका विद्यार्थीहरुलाई दिवा खाजा पकाउने घर मात्र नभई खाजा खाने हल समेत भवन निर्माण गर्ने लागिएको हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताउनुभयो ।IMG 20250225 150322 529 1 scaled

उहाँले बताउनुभयो , “पालिकाका २२ वटा विद्यालय दिवा खाजाको लागि भान्सा घर निर्माणका लागी सम्झौता गर्ने प्रक्रिया अगाडि बढाइएको छ । आज शैलेश्वरी माध्यमिक विद्यालय फैतिमा भान्सा घर शिलान्यास गरेका छन । आई.डि.एस. नेपाल सरिया, सिमेन्ट, जस्तापाता सहित ढोका बनाउने भौतिक सामाग्री सहयोग गर्ने भएको छ ।” भने हिमाली गाउँपालिकाले बालुवा, गिट्टी र काठ सहयोग गर्ने र प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत दिवा खाजाको लागि भान्सा घर बनाउदा कामदारको पारिश्रमिक तथा दैनिक काम गरेको ज्याला दिने गरि सम्झौता पत्र गरिएको रोजगार संयोजक विर्ख राज पाण्डेले बताउनुभयो ।IMG 20250225 150258 846 1 scaled

यदि काम गर्दा रकम अपुग भएको अवस्थामा हिमाली गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कामदारले पाउने ज्याला अनुसार पालिकाबाट सहयोग समेत हुनेभएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम ४५ लाख बराबरको रकम र आई.डि.एस. नेपाल ८० लाख लगानीमा पालिका भित्रका सामुदायिक विद्यालयमा भान्सा घर निर्माणकार्य सुरु गरिएको रोजगार संयोजक पाण्डेले बताउनुभयो । आई.डि.एस. नेपाल विद्यालय स्वास्थ्य पोषण कार्यक्रम हिमाली गाउँपालिका प्राबिधिक सहयोगी तेज बहादुर शाहीले सहजीकरण गर्नुभएको छ ।

कमेन्टहरु