नवलपरासीको बेलासपुरमा दुई समूहबिच झडप, २० जना घाइते

नवलपुर टुडे
२०८१ फाल्गुन १३ | मध्यान्ह ०२:११ बजे

नवलपरासी । नवलपरासी पश्चिमको पाल्हीनन्दन गाउँपालिकास्थित बेलासपुरमा दुई समूहबिच झडप भएको छ । स्थानीय एक जोडीको प्रेम विवाहको विषयलाई लिएर बेलासपुर र प्रसौनीका केही व्यक्तिबिच झडप भएको प्रहरीले जनाएको छ ।
केटा पक्षकाले केटी पक्षका घरमा आएर आगजनीको प्रयास गरेपछि झडप भएको स्थानीयले प्रहरीले बताएको छ । झडप नियन्त्रणका लागि प्रहरीले ३ राउन्ड हवाई फायर गरेको थियो । ७ राउन्ड अश्रु ग्यासको प्रयोग गरेको जिल्ला प्रहरी कार्यालय सूचना अधिकारी प्रहरी निरिक्षक नारायण थापाले राताेपाटीलाई बताए ।
प्रदर्शनकारीले प्रहरीको एउटा गाडीमा पनि आगजनी गरेका छन् । इलाका प्रहरी कार्यालय महेसपुरकाे गाडीमा आगजनी भएको छ। झडप नियन्त्रण लिने क्रममा ५ जना स्थानीय , १२ जना जनपथ र ४ जना सशस्त्र प्रहरी गरी २० जना घाइते भएको थापाले बताए ।
स्थिति नियन्त्रणमा आइसकेको छ।























