समाचार

खानेपानी तथा सरसफाई सम्बन्धी अभिमुखीकरण

धर्मेन्द्र कुमार कुर्मी
२०८१ फाल्गुन १३ | बिहान १०:११ बजे

विजयनगर । कपिलवस्तुकाे विजयनगर गाउँपालिका-३ जगदीशपुरमा वडा स्तरीय खानेपानी तथा सरसफाई सम्बन्धी अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । अभिमुखीकरण कार्यक्रममा जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका, प्रधानाध्यापक, प्रहरी, समाजसेवी, समाजका अगुवा लगायत सराेकारवालासँग अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम गरिएको हाे ।

गाउँपालिका वास संयाेजक अर्जुन बेल्बासेले गाउँपालिकाले लागू गरेकाे सचेत परिवार परिचय-पत्रलाई कार्यान्वयनलाई निरन्तरता दिएको बताए । उनले त्यसमा उल्लेख गरिएका ७ बुँदे प्रतिबद्धतालाई पूरा गरेकाे र नगरेकाे व्यक्तिलाई निगरानीमा राखेकाे बताउँदै सचेत परिवार परिचय-पत्र अनुसार ती बुुँदाहरु कार्यान्वयन नभएकाे पाइएमा कारवाहीकाे प्रक्रियालाई अगाडी बढाउने बताए ।

वास संयाेजक बेल्बासेका अनुसार वडाभित्र १ हजार ९९ घरधुरी रहेका छन् । जसमध्ये ८ सय २८ घरमा शाैचालय भएकाे र १ सय ७१ घरमा शाैचाललय नभएको तथ्यांकमा पाइएको छ । यस्तै १ सय ५० बढी ठाउँमा सडक तथा नाली अवराेध गरेकाे तथ्यांक प्रस्तुत गरिएको थियोे ।

३ का वडा हृदय विकास चाैधरीले सरसफाईमा निरन्तरता दिएकाे बताएका छन् । उनले अटेरी गर्नेलाई कारवाही गर्नुपर्ने बताए । उनले पहिला भन्दा अहिले धेरै सुधार आएकाे बताउँदै सरसफाईमा ध्यान नदिने, फाेहाेर गर्ने, अटेरी गर्ने, बाटाे अवराेध गर्ने व्यक्तिलाई वडाले निगरानीमा राख्दै अगाडी बढ्ने बताए भएको हो ।

कमेन्टहरु