म्याग्दी केन्द्रविन्दू भएर आजै दुई पटक ३.४ म्याग्निच्युडको भूकम्प

नवलपुर टुडे
२०८१ फाल्गुन १३ | बिहान १०:११ बजे

काठमाडौं । म्याग्दीमा भूकम्पको धक्का महसुस गरिएको छ । आज (मंगलबार) बिहान सानो धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
बिहान ५ बजेर ५२ मिनेटमा म्याग्दीको डाँडागाउँ आसपास केन्द्रविन्दु भएको ३.४ म्याग्निच्युडको भूकम्प मापन गरिएको केन्द्रले जानकारी गराएको छ । मंगलबार बिहान नै ६ बजेर १३ मिनेटमा म्याग्दीकै देवीस्थान आसपास केन्द्रविन्दु भएको समान ३.४ म्याग्निच्युडको भूकम्प मापन गरिएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार, यी साना धक्का हुन् । यी धक्का असर गर्ने खालका होइनन् । यस्ता सानातिना धक्का मापन हुनु स्वाभाविक प्रक्रिया हो ।


















