समाचार

विद्यालयका मुख्य बिबाद, प्रधानाध्यापकको मनपरी निर्णय

अशोक यादव
२०८१ फाल्गुन १३ | बिहान १०:११ बजे

राैतहट । गुजरा नगरपालिका ५ ईस्लामपुरस्थित रहमान प्राथमिक विद्यालयको स्थापना काल २०६५ सालदेखि हालसम्म व्यवस्थापन समितिका अध्यक्ष बाबु र प्रधानाध्यापक छाेरा रहेका कारण अभिभावक वीच विवाद भएका छन । व्यवस्थापन समितिका अध्यक्ष माेजिवुर रहमान र प्रधानाध्यापक करारका शिक्षक अफराेज आलमले अभिभावकको कुरालाई वेवास्ता गरी मनपरी निर्णय गर्न खाेजेपछि आईतबार विवाद भएको वडा अध्यक्ष शेख जमालुदिनले विद्यालय परिषरमा सोमबार पत्रकार सम्मेलन गरी आरोप लगाएका छन ।

विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष रहमान र प्रधानाध्यापक आलम बाउ छोरा हुन । विगत १५ वर्षदेखि दुवै जना विद्यालयका स्रोत साधन उपर मनपरी गरि रहेको जमालुदिनले आरोप लगाए । स्थानीय जनताले दुबै जनाको क्रियाकलाबाट निकै दुखि रहेको बताउदै वडा अध्यक्ष जमालुदिनले यस वडाका रहमान प्राथमिक विद्यालयलाई परिवारिक विद्यालय बनाएको समेत बताए। वालविकासदेखि कक्षा ५ सम्म पढाई हुने यस विद्यालयमा ५ जना शिक्षक कर्मचारीमा प्रधानाध्यापक सहित ४ जना अध्यक्ष रहमान कै घरको छोरी बुहारी रहेको र विद्यालयमा ८०/८५ जना विद्यार्थी आएपनि ३ सय ६० जना विद्यार्थीको नाममा छात्रवृत्ति, पाठ्यपुस्तक र दिवा खाजा वापत नगरपालिकाबाट सुविधा लिई व्यापक भ्रष्टाचार गरेको वडा अध्यक्ष जमालुदिनले बताए ।

साे विद्यालयमा भ्रष्टाचार गराउन नगर शिक्षा संयोजक शिव मंगल साहको समेत मिलोमतो रहेको पत्रकार सम्मेलनमा उपस्थित स्थानीय अभिभावकले पनि आरोप लगाएका छन । सो आरोप बारे शिक्षा संयोजक साहसंग सम्पर्क गर्दा उनले नगरमा ३२ वटा विद्यालय रहेका छन । एक्कै विद्यार्थी गन्न साध्य नरहेको जहाँसम्म पाठ्यपुस्तक, छात्रवृत्ति र दिवा खाजा सहितका सुविधा रकम ईएमआईएसमा नाम दर्ता तथा प्रधानाध्यापकले माग गरेको आधारमा नियमानुसार आफुले भुक्तानीका लागि सिफारिस गरेको वताए ।

प्रधानाध्यापक आलमले आफु उपर वडा अध्यक्ष जमालुदिनले लगाएको आरोपमा कुनै सत्यता नरेको दाबी गर्दै २०६५ सालमा स्थापना भएको रहमान प्राथमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बुबा नै रहनु भएको स्विकार गरे । साथै आईतवार विद्यालयमा भएको दुई पक्ष विचको झडपमा आफु सहित केही अभिभावक घाइते भएकाे स्विकार गरे । प्रधानाध्यापक आलमको प्रादेशिक अस्पताल गाैर र केही अभिभावककाे चन्द्रनिगाहपुर अस्पतालमा उपचार भई रहेका छन । सबैको स्वास्थ्य अवस्था समान्य रहेका छन ।

यसै विच गुजरा नगर प्रमुख सन्तलाल चाैधरीले साेमबार आफ्ना कार्यकक्षमा पत्रकारसंग कुरा गर्दै विद्यालयमा देखिएका समस्या प्रति गम्भीर ध्यानाकर्षण भएको बताए । शिक्षा संयोजक साहको कमि कमजोरीले रहमान प्राथमिक विद्यालय लामो समयदेखि विवाद रहेको वताए ।फाैजदारी मुद्वा लागेर लागातार तिन महिना विद्यालयमा अनुपस्थित रहेका प्रधानाध्यापक आलमको तलब कट्टा गर्न आफुले लिखित रुपमा निर्देशन दिदासमेत शिक्षा संयोजक साहले अटेरी गरेकाे नगर प्रमुख चाैधरीले बताए।

नेपाली काग्रेस राैतहटका सह सचिव तथा स्थानीय शिक्षा प्रेमी फिरोज आलमले शिक्षा संयोजक साह र प्रधानाध्यापक आलमलाई कार्यवाही नगरेसम्म रहमान प्राथमिक विद्यालयको पठन पाठनमा सुधार नआउने बताए।

कमेन्टहरु