मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

सफा र स्वच्छ गाउँ बनाउन अभियानमा

उमेश रोकाया
२०८१ फाल्गुन १२ | मध्यान्ह ११:११ बजे

बाजुरा , फागुन १२ । जिल्लाको पुर्वी क्षेत्रमा पर्ने हिमाली गाउँपालिका – ६ पाँडी गाउँमा सरसफाइ तथा जनचेतनामूलक कार्यक्रम अभियान सुरु गरिएको छ । गाउँ सफा र स्वच्छ वातावरण बनाउने अभियानका साथ वडा भित्रका गाउँ टोलमा सार्बजनिक धारा पाटीपौवा वडाका जनप्रतिनिधि, कर्मचारी र स्थानीय महिलाहरु सहभागी भएर सरसफाइ अभियान कार्यक्रम सञ्चालन गरिएको छ।

आफ्नो गाउँ आफै बनाउनुपर्‍यो पर्‍यो भनेर टोल बाट सरसफाइ अभियान सञ्चालन भएको छ । सबैभन्दा पहिलो आफू, घरपरिवार, छिमेकी र समाज केही परिवर्तन पाइला अगाडि बढाउनुपर्छ । हामी स्वच्छ र सफा भयो भने हाम्रो मन सफा हुन्छ । त्यसपछि हामी अरु कुरा फेरबदल गर्न सकिने वडा अध्यक्ष प्रेमलाल भण्डारीले बताउनुभयो । हामी वडाका जनप्रतिनिधि विशेष रोहवरमा धिम र बोल्डिक गाउँ सरसफाइ संगै विधालय पढाई गुणस्तर देखि भौतिक पुर्वाधार सहित स्वास्थ्य सेवा केन्द्रमा जनताले पाउने सेवा सुबिधा प्रभावकारी बनाउने अभियान जुटेको वडा अध्यक्ष भण्डारीले बताउनुभयो ।IMG 20250224 083340 902 scaled

उहाँले बताउनुभयो , “हामी महिला गाउँमा एकता भयौं भने मात्र हाम्रो समाजलाई माथी उचाल्न सकिन्छ । एउटा नेतृत्व काम सहि ढंगले अगाडि कदम बढायो सकारात्मक तरिकाले गाउँका महिला दिदिबहिनी एकता भइ दिएको भए गाउँमा सरसफाइ लगायत विभिन्न काम सजिलो हुने भएको स्थानीय रिउली लवारले बताउनुभयो ।” अब प्रत्येक महिना सरसफाइ गर्ने कार्यक्रम गरियो भने आजको भन्दा फरक हिसाबले गाउँको सरसफाइ प्रभावकारी हुने भएको छ । यसलाई निरन्तर दिन जरुरी रहेकोे लवारले बताएका छन ।IMG 20250224 083437 518 scaled

उहाँले बताउनुभयो , “गाउँ समाज परिवर्तन गर्ने सुरुमा वडाका जनप्रतिनिधि जाग्नु पर्ने स्थिति छ । जनप्रतिनिधि संगै वडाका जनता एकता सकारात्मक सोचाइ राखे भने विकास निकास देखि गाउँका नराम्रा कामलाई अन्त्य गर्न सकिन्छ । जुन अहिले गाउँ टोलमा सरसफाइ अभियान सुरु गरिएको छ ।” यसलाई महिनाको एकपटक नियमित रूपमा कार्यक्रम चलाउन सकियोस् । सरसफाइ कार्यक्रम लगायत गाउँका कामलाई सक्रियता भुमिका निभाउन जनप्रतिनिधि र जनताको हातेमालो गर्नुपर्ने देखिन्छ । हामी एक जुट हुनसक्ने खालको वातावरण देखाउने सकियो भने जुनसुकै क्रियाकलाप सफल पार्न सकिने भएको स्थानीय चिन बहादुर रावलले बताउनुभयो ।

उहाँले बताउनुभयो , “पहिलाको दिनहरू जसरी बित्यो आउदो दिनहरूमा प्रत्येक महिना सरसफाइ तथा जनचेतनामूलक कार्यक्रम नियमित गर्ने प्रतिबद्धता गरेका छन ।” जनप्रतिनिधि गर्नुपर्ने भुमिका हामी गर्छौ, जनताले गर्ने काम ईमानदार तरिकाले गर्न दुबै पक्ष सक्रिय रूपमा लागिपरेको छौँ । अब एउटा टोलमा मात्र होईन सबै ठाउँमा यस्ता कार्यक्रम गरिरहेको देखिन्छ । जनताले भोट दिएर जनप्रतिनिधि भएको हिसाबले आफ्नो गर्ने जिम्मेवारी पुरा गर्न तयारी भएको वडा सदस्य धर्मजित शाहीले बताउनुभयो ।

कमेन्टहरु