घटना, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
बाघ लागेर २० वटा भेडाको मृत्यु

उमेश रोकाया
२०८१ फाल्गुन ११ | मध्यान्ह ०४:११ बजे

बाजुरा , फागुन ११ । जिल्लाको पुर्वी क्षेत्रमा पर्ने हिमाली गाउँपालिका – ५ बच्छ्याँ गाउँमा बाघ आक्रमणबाट २० वटा भेडा मारेको छ । गाउँको चुफे डाडा फागुन १० गते राती भेडागोठ भित्र गएर नवराज मलालका १५ वटा र करण कुमार मलालको ५ वटा गरेर २० वटा भेडा मारेको छ । २ वटा भेडा गम्भीर घाइते भएको पिडित नवराज मलाले बताएका छन ।
हिजो राती एक्कासि भेडा गोठमा भाघ आएर भेडा मारेर क्षति पुर्याएको छ । भेडा खोरमा बाघ भेडालाई ठुलो क्षति भएको छ । सोही क्षतिपूर्तिको लागि स्थानीय सरकार तथा गैरसरकारी संस्थालाई राहत सहित उद्धारका लागि सम्बन्धित निकाएको ध्यानाकर्षण गराएको पीडित मलालले बताउनुभयो । भेडा गोठमा ५६ वटा रहेका थिए । अहिले २८ वटा भेडा जिवित रहेकोे र १५ वटा भेडा बेपत्ता भएको जनाएको छ ।


















