रौतहटबाट अवैध सालको काठसहित दुई जना पक्राउ

नवलपुर टुडे
२०८१ फाल्गुन ११ | मध्यान्ह १२:११ बजे

रौतहट । रौतहटमा अबैध सालको काठसहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा रौतहट चन्द्रपुर नगरपालिका- ३ बस्ने बर्ष ३२ को जयकिशोर कुमार र सोही स्थान बस्ने बर्ष ४० को सनिचर धामी रहेका छन ।
उनीहरुलाई आज बिहान विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहटबाट खटिएको प्रहरी गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा चन्द्रपुर नगरपालिका- ४ बाट अवैध सालको काठको गोलिया ४ वटा साईकलमा लोड गरी लैजादैँ गरेको अवस्थामा पक्राउ गरिएको हो ।
बरामद सालको काठको गोलिया थान १३ (२१ क्युफिट) रहेको कार्यालयका सुचना अधिकारी दिपक कुमार रायले जानकारी दिए । पक्राउ पर्ने मानिस, साइकल र बरामद काठसहित डिभिजन वन कार्यालय चन्द्रनिगाहपुर रौतहटमा बुझाएको रायले बताए ।

























