मुख्य समाचार, राजनीति, समाचार, सुदुरपश्चिम प्रदेश
कांग्रेसको १५ औँ महाधिवेशनमा जेन्-ज़ेड (Gen Z) पुस्ताको प्रतिनिधित्व आवश्यक: शाही


बाजुरा, मंसिर २१ । “नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा जेन्-ज़ेड (Gen Z) पुस्ताको प्रतिनिधित्व किन आवश्यक छ । Gen-Z उमेर समुहको प्रतिनिधित्व आजको बद्लिदो राजनितीक परिवेशमा निकै आवश्यक भएको छ । नेपालको सबै राजनितिक दलमा पुस्तान्तरण र नेतृत्व परिवर्तन का कुरा जोडजोडले उठिरहेको समयमा नेपालको पुरानो लोकतान्त्रिक पार्टी नेपाली काङ्ग्रेस आफ्नो १५ औं नियमित महाधिवेशनमा जुटेको छ।
“हाम्रो पार्टी देशको सबै उमेरसमूहको आशा र इच्छाको प्रतिबिम्ब हुनुपर्छ । आजको युग डिजिटल, द्रुत परिवर्तनशील र युवा नियन्त्रित छ । १५ औँ महाधिवेशनले निश्चय गर्नु पर्छ — हामी केवल युवालाई ‘सुन-पर्ख -हेर´मात्र भन्दैनौ, सशक्त रूपमा निर्णय प्रक्रियामा राख्छौं । यसले पार्टीको वैधता, चुनावी जीत र नवीनता सुनिश्चित गर्नेछ । जनसङ्ख्याको बढ्दो भाग, नयाँ काम गर्ने शैली र प्राथमिकताहरू लिएर पार्टीको सद्स्यता लिएको नव युवालाई केवल दास झोले र चम्चे मात्र बानाई राख्ने होइन ।
अब पार्टीको जिम्मेवार तहमा स्पष्ट सहभागीता गराउनु पर्छ । यो पुस्तालाई समावेश नगर्दा पार्टीको वैधता, चुनावी सफल्ता र दीर्घकालीन नवीकरण जोखिममा पर्नेछ । त्यसैले Gen-Z आन्दोलनको मर्म लाई बुझौं, समयको बेग लाई बुझौं र स्पस्टरुपमा १५ औं महाधिवेशनमा Gen-Z पुस्तालाई बलियो सहभागिता गरौं । Gen-Z पुस्ताको नै प्रतिनिधित्व किन भन्दा वास्तविक प्रतिनिधित्व संसारभर युवा मानिसहरू (विशेष गरी <35) सङ्घीय/स्थानीय निकायहरूमा निकै कम प्रतिनिधित्व पाइन्छ ।
गुणा कम (under-35). राजनीतिक दलले जनसङ्ख्याको संरचनालाई प्रतिबिम्बित गर्नु जरुरी हुन्छ। मतदाता र अभियानिक शक्ति Gen-Z ले मतपत्र र राजनीति प्रति नयाँ व्यवहार देखाइरहेका छन्। उनीहरूलाई आकृष्ट गर्न र उम्मेदवार बनाउँदा पार्टीलाई युवा मत र नयाँ अभियानिक तरिका अपनाउन जरुरी छ । नीति-तालमेल र नवप्रवर्तन Gen-Z का प्राथमिकताहरू (रोजगारी, आवास, शिक्षा-सुधार, वातावरण, डिजिटल सेवा, भ्रष्टाचार विरुद्ध पारदर्शिता) वर्तमान नीति एजेण्डासँग मिसाउन जरुरी छ ।
नत्र पार्टी बुढो र बाहिरो देखिनेछ । न्याय/समावेशीता उपकरण विश्वका केही मुलुकहरूले युवा कोटा/आरक्षित सीट/आन्तरिक पार्टी कोटा प्रयोग गरी यौवन सहभागिता बढाएका छन् । कानुनी वा पार्टी-आन्तरिक उपाय दुवैमा काम गर्छ ।























