‘देशको अवस्था परिवर्तन गर्न नागरिक योगदानको खाँचो’:नेता गणेश पराजुली

रासस
२०८२ फाल्गुन २८ | मध्यान्ह ०२:११ बजे

काठमाडौँ, फागुन २८। राष्ट्रिय स्वतन्त्र पार्टीका नेता गणेश पराजुलीले देशको अवस्था परिवर्तन गर्न नागरिकले योगदान गर्नुपर्ने समय आएको बताउनुभएको छ ।काठमाडौँ निर्वाचन क्षेत्र नं ७ मा निर्वाचित भएपछि तारकेश्वर नगरपालिका–४ लोलाङमा आज स्थानीयसँग सक्षात्कार गर्दै उहाँले सक्षम नागरिकले आफ्नो सक्रिय भूमिका निर्वाह गरेर राष्ट्र निर्माणमा योगदान गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

















